अवैध रुपमा उत्पादन गरिएको सेनिटाइजर कम्पनीमा प्रहरीको छापा


काठमाडौं – बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीमा प्रहरीले छापा मारेको छ ।

बिना दर्ता सेनीटाइजर उत्पादन गर्ने काठमाडौं-१३ स्थित ताहाचल घर भएका राकेश अग्रवाललाई पक्राउ गरिएको परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

अवैध रुपमा उत्पादन गरिएको ठुलो परिमाणमा सेनिटाइजर बरामद गरेको प्रवक्कता बस्नेतले बताए ।

उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योगको नाममा दर्ता रहेको सो कम्पनीले सेनिटाइजर उत्पादन गर्ने अनुमति नपाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया