प्रधानमन्त्री ओली भन्छन्– माधव नेपालसँगको सम्बन्ध पास्ट टेन्स भएन र?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँगको सम्बन्ध ‘पास्ट टेन्स’ भएन र? भन्दै प्रतिप्रश्न गरेका छन्।

आइतबार सरकारी निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनका क्रममा अब माधव नेपालसँगको सम्बन्ध कस्तो हुन्छ भन्ने प्रश्नमा यस्तो उत्तर दिएका हुन्।

नयाँ पार्टी गठनको प्रक्रियामा नेता नेपाल लागेको विषय सतहमा आएको विषयलाई कोट्याउँदै ओली भन्छन्,‘अहिले प्रायोजित हिसाबले, नाटकीय हिसाबले नयाँ पार्टी दर्ता भन्ने सुनेको छु।’

स्पष्टिकरण सोधिएका नेता नेपाललगायतको जवाफ हेरेर उचित कारबाही गरिने घोषणा गरेका उनले भने,‘पार्टीमा मनपरी गर्ने, विपक्षी गठबन्धनमा पुगी प्रधानमन्त्री बनिदेऊ भनी उदण्ड मच्चाउनेले अति गरे अब कारबाही हुन्छ।’

प्रतिक्रिया