विभिन्न कम्पनीका ३८ मोवाईलसहित नागढुंगाबाट एक पक्राउ


काठमाडौं – नेपालगञ्जबाट काठमाडौं आउँदै गरेका एक यात्रु ३८ थान मोबाइलसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीको एक टोलीले आज (आइतबार) बिहान १० बजेतिर ना ५ ख २२८७ नम्बरको नेपालगंजबाट काठमाण्डौतर्फ आउने यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा उक्त बसमा लुकाई छिपाई ल्याउदै गरेको बिभिन्न कम्पनिका ३८ थान मोबाईल बिना बिल तथा कागजात फेला पारी नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोबाइल जिल्ला काठमाण्डौ नागार्जुन न.पा. ३ बस्ने बर्ष २८ को आषिक श्रेष्ठले खरिद गरेको पाइएकाले निजलाई यस कार्यालय तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले स्वयम्भुबाट नियन्त्रणमा लिएको छ ।

बरामद मोवाईलहरूमा भिभो मोवाईल ७ थान, ओप्पो ६ थान, रेडमी १७ थान, सामसुङ ५ थान, वन प्लस १ थान, मोटोरोला १ थान र इन्फिक्स मोवाईल १ थान रहेको प्रहरीले जनाएको छ । उक्त मोबाइलहरुको अन्दाजी बजारमुल्य ३ लाख ५० हजार रहेको प्रहरीले जनाएको छ ।

बरामद मोबाईल तथा पक्राउ परेका व्यक्ति आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि भन्सार कार्यालय सानो गौचर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया