कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २७ गते


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २७ गते अपराह्न १ बजे बस्ने भएको छ ।

यसअघि कात्तिक २४ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्ना सुरक्षाकर्मीमा कोराना भाइरस संक्रमण देखिएपछि होम आइसोलेशनमा रहेकाले सारिएको थियो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही दिनदेखि जारी पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठक पनि सहमतिमा आइतबार सम्पन्न भएको जानकारी दिए ।

Image may contain: text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल नैपाली ីនជน করারির कार्तिक २३, २०७७ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कार्तिक २४ गते सोमबार दिनको ৭ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २७ गते बिहीबार दिनको ૧ बजे बस्ने भएका छ, बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ညမගပမတ कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (००९७७-१) ५१५३२६३ /४१६२२६४/४१-३२६५, पयाक्स: ५१८३२६६ E- mail: info@nepalicongress.org/ Internet Access: http://www.nepalicongress.org'

प्रतिक्रिया