पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण


काठमाडौं– पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । रिपोर्टस क्लबका अध्यक्ष समेत रहेका धमलाले फेसबुकमा स्टाटस लेख्दै आफूमा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले कन्ट्याक्सट ट्रेसिङको आधारमा आइतबार गराएको कोभिड १९को स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् । उनी आइतबारबाटै होम आइसोलेसनमा बसेका छन् ।

यस्तो छ धमलाको स्टास

आदरणीय सबैमा नमस्कार

कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।

प्रतिक्रिया