

निषेधाज्ञा उल्लंघन गर्ने १९ भारतीय मोटरसाइकल नियन्त्रणमा

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला भित्रबाट १९ वटा मोटरसाइकल बरामद गरेको छ । विभिन्न मितिमा पर्सा जिल्लाभित्र अवैधरुपमा भित्रिएका बिना कागजात चल्ने निषेधाज्ञा उल्लंघन गर्ने भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
खनालका अनुसार पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका निम्न नम्बरका १९ वटा भारतीय मोटरसाइकलहरूलाई यस कार्यालयबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएकोमा उक्त मोटरसाइकलहरू रु।२२,६०,०००।– ९बाइस लाख साठी हजार० मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको छ ।
बरामद मोटरसाइकलमा ६ वटा पल्सर, ग्ल्यामर ३ वटा, सिबिजी १ वटा, अचाचे १, प्यासन प्रो १वटा, डिस्कभर १ वटा, स्टारसिटी १ वटा, होन्डा, २ वटा, प्लाटिना १ वटा, हिरो आइजीएम १ वटा र स्पेन्डर १ वटा रहेका छन् ।

