

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, अन्यभन्दा संक्रामक र जोखिमपूर्ण भेरियन्ट

काठमाडौं – नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा गत हप्ता संकलित ३५ नमुनामा नयाँ किसिमको बी.१.६१७.२ नयाँ भेरियन्ट ९७ प्रतिशतमा (३४ वटा) र तीन प्रतिशतमा (१) जनामा बी.१.६१७.१ नयाँ भेरियन्ट देखिएको जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा तीन किसिमको भेरियन्ट फेला परेको पुष्टी भएको छ ।
यस किसिमको भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको पनि मन्त्रालयले जनाएको छ ।

