

मंगलबार सेयर बजारमा नयाँ रेकर्ड, ११ अर्ब नाघ्यो कारोबार रकम

काठमाडौं – साताको तेस्रो दिन मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
बजारमा उल्लास देखिएको भन्दै सेयर लगानीकर्ताहरुले खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुनु सबैका लागि खुसीको कुरा भएको बताएका छन् ।
मंगबालर १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । किनबेच सेयर संख्या पनि हालसम्मकै नयाँ रेकर्ड हो ।

