

बनेपा हेल्थ केयरले सुरु गर्यो अनलाईनमार्फत कोभिड संक्रमितलाई परामर्श सेवा

काभ्रे – बनेपा हेल्थ केयरले अनलाईन मार्फत होम आइसोलेसनमा बस्नु भएका कोभिड संक्रमितहरुलाई चिकित्सकद्धारा स्वास्थ्य परामर्श दिने भएकाे छ। हाल विश्वमा नै फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) नेपालमा पनि अत्याधिक मात्रामा फैलिरहेको छ ।
भाइरसको असर पहिलो लहर भन्दा अहिलेको दोस्रो लहर एकदमै खतरनाक र चाडै सर्ने प्रकृतिको रहेको विज्ञहरुकाे दावी छ । बनेपा हेल्थ केयर प्रा.लि.ले यस्तो विकराल अवस्थामा आम जनसमुदायहरुलाई उच्च स्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको छ ।
यसले कोभिड १९ बाट संक्रमित विरामीहरु जो घरमा नै आइसोलेशनमा बस्दै छन् उनीहरुको लागी कोभिड केयर किट सहित चिकित्सकद्धारा अनलाइन टेलिमेडिसिन, भाइवर, ह्वाट्स एपको माध्यमवाट विशेष परामर्श सहितको सुलभ शुल्कमा ‘कोभिड केयर किट’ को प्याकेज आज देखि सुरु गरेको छ ।
विरामीको सेवामा समर्पित ‘भिड केयर किटमा’ होम आइसोलेशनमा बसेका संक्रमित बिरामीको लागी चाहिने सम्पुर्ण स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको छ । किटमा पल्स अक्सोमिटर, डिजिटल थर्ममिटर, वाफ लिने मेसिन, माक्स, पन्जा, सेनिटाइजर, सप्लिमेन्ट औषधीसँगै Life Saving औषधी समेत रहेको छ ।
औषधी सेवन गर्न परेमा बनेपा हेल्थ केयरका चिकित्सकसँग अनलाईन माध्यमबाट अनिवार्य डाक्टर परामर्श लिनुपर्ने छ । सोहि आधारमा विरामीको सम्पुर्ण स्वास्थ्य संग सम्बन्धित समस्याहरु बुझे पछि कुन औषधी कसरी सेवन गर्ने भन्ने बारेमा परामर्श दिनेछन् । ‘कोभिड केयर किटमा’ भएका औषधीहरु प्रयोगमा नआएको खण्डमा फिर्ता हुनेछ ।
चिकित्सक संग स्वास्थ्य परामर्श लिनको लागी बनेपा हेल्थ केयरका व्यवस्थापकको मोवाइल नम्वर ९८०३१५४६१९ मा कल गरेर अपोइन्टमेन्ट लिन सकिनेछ । संक्रमित विरामीहरुले वा उनीहरुको अभिभावकहरुले चिकित्सकहरुसँग उचित सल्लाह, सुझाव समेत लिन नपाइरहेको अवस्थामा बनेपा हेल्थ केयरको यो सेवाले पक्कै पनि विरामीहरुलाई सकारात्मक भइ ठिक हुन सहज हुने कुरामा विश्वास रहेकाे जनाएकाे छ।

