

काठमाडाैं रेजर्स सुपर लिगकाे फाइनलमा, उपाधिका लागि धनगढी एफसीसँग भिड्ने

काठमाडाैं – काठमाडाैं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । बिहीवार (आज) दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर सिटी एफसीलाई ३-० गोलले हराउँदै काठमाडाैं उपाधि नजिकै पुगेको हो ।
काठमाडाैंको जितमा मौसिके ओलोमोउले दुई र स्टेफिन विनोङले एक गोल गरे । खेलको १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै काठमाण्डौले अग्रता बनाएको थियो । यस्तै काठमाडाैंले २२ औँ र ६० मिनेटमा गोल गर्याे ।
अब उपाधिका लागि काठमाडाैंले शनिवार (पर्सि) धनगढी एफसीसँग खेल्नेछ । प्लेअफमा काठमाडाैं धनगढीसँगै पराजित भएको थियो । यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

