सल्यानमा जेठ १५ सम्म निषेधाज्ञा थप


सल्यान – जिल्लामा आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने भएको छ ।

कोरोना संक्रमण दर वृद्धि हुँदै गएपछि जिल्ला कोरोना व्यवस्थापन समितिको बुधबार बसेकोबवैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमणबाट दैनिकजसो मृत्यु भइरहेको र दिनप्रतिदिन संक्रमण दर बढेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँले जानकारी दिए ।

प्रतिक्रिया