

नेपालमा कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु, थप ८९६० संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ ।
यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा २० हजार २ सय ४५ जनाको परिक्षण गरिएकोमा ८ हजार ९ सय ६० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ५५ जना कोरोमुक्त भएका छन् ।

