आमा का लागि ‘आमा’ उपहार (भिडियाेसहित)


काठमाडौं – आमा शब्द नै काफी छ र आमालाइ चिनाउनका लागि कुनै पनि परिभाषा चाहिँदैन । नत परिभाषाकै खाचो छ मातातीर्थको उत्पत्तिका सम्बन्धमा विभिन्न कथा प्रचलित छन् ।

मातालाई पूर्बीय मात्र होइन पश्चिमी संस्कृतिमा पनि उत्तिकै महत्वका साथ हेरिन्छ र महत्वका साथ मानिन्छ पनि । मातातीर्थ औशी भने पनि ‘मदर्स डे’ भने पनि, आमाको मुख हेर्ने दिन भने पनि आखिरमा आफुलाई जन्म दिने आमाको पूजानै यसको महत्व हो ।

यसै सन्दर्भमा आमाका लागि आमा उपहार लियर आयका छन् गायक प्रविन राजथला ले । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्मदिने आमा प्रती श्रद्दा ब्यक्त गर्दै र आमाहरुलाई बिभिन्न हिसाबले खुशी पारी मनाईन्छ । तर प्रविनले भने आमा बोलको गित आमाहरुकै लागि लिएर खुसि बाड्न आयका छन । उक्त गीतमा प्रविन को आफ्नै सब्द रहेको छ भने आँफैले नै संगीत भरेका छन् ।

सत्यराज चौलागाईको निर्देशनका साथै उक्त गितमा प्रविन राजथला, सत्यराज चौलागाई, सवि बज्राचार्य चौलागाईं र सम्मान चौलागाईंको अभिनय रहेको छ । गितको छाँयाँकनमा कामकुमार केसि र सुदिप शर्मा रहेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया