
अक्सिजन सकिएको भन्दै बिरामीहरुलाई आ-आफ्नो व्यवस्था गर्न सूचना जारी
काठमाडौं – राजधानीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज प्रालिले अस्पतालमा अक्सिजन अभाव भएको भन्दै गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र लैजान सूचना जारी गरेको छ ।
अक्सिजन सप्लाइ गर्ने कम्पनी सोपान फर्मासिउटिकल्स लिमिटेडको मेशिन बिग्रिएको र तत्काल अक्सिजन उपलब्ध हुने सम्भावना न्यून रहेको भन्दै अस्पतालले बिरामीहरुलाई आ–आफ्नो व्यवस्था गर्न सूचना जारी गरेको हो ।
‘अक्सिजन उपलब्ध हुन नसक्ने उल्लेखित व्यहोरासहित बिरामीलाई डिस्चार्ज गर्न लागिएकोबारे नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, महानगरीय प्रहरी वृत्त बौद्ध लगायतका सम्बन्धित निकायहरुलाई समेत जानकारी गराइसकिएको छ,’ अस्पताल प्रशासनद्वारा मंगलबार जारी सूचनामा भनिएको छ ।




कागजपत्र |
