साउथ फिल्मका सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित


मुम्बई – दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित भएका छन् । अभिनेता आफैले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

जुनियर एनटीआरले ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना पोजेटिभ देखिएको छ । चिन्ता नगर्नुस्, म ठिक छु ।’ उनले आफु र आफ्नो परिवार आइसोलेसनमा रहेको जानकारी दिँदै डाक्टरको रेखदेख र सबै नियम पालना गरेको समेत बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘पछिल्लो केही दिन यता जो जो मानिस मेरो सम्पर्कमा आएका छन् । उनीहरुले पनि आफ्नो परीक्षण गर्नुस् र सुरक्षित रहनुस् ।’ जुनियर एनटीआर भन्दा पहिले साउथ फिल्म इन्डस्ट्रीजका निर्देशक एसएस राजामौली, रामचरण, बरुण तेज कोनिडेला, तमन्ना भाटिया, नागा बाबु जस्ता स्टार्स कोरोना संक्रमित भैसकेका छन् । एजेन्सी

प्रतिक्रिया