

मोहनविक्रम र चन्द्रदेवलाई कोरोना

काठमाडौं– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र नेकपा संयुक्तका नेता चन्द्रदेव जोशीलाई कोरोना संक्रमण भएको छ।
सिंहको उपचार होम आइसोलेसनमा भइरहेको सो पार्टीका प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिए। पुरीले वक्तव्य जारी गरी सिंहमा संक्रमणको प्रारम्भिक अवस्था रहेको र सुधार उन्मुख दिशामा बढिरहेको जनाएका हुन्। दुई दिनअगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको थियो।
महामन्त्री सिंह राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडेलका पति हुन् । सिंहको हेरचाहमा रहेकी पौडेलले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्वोधनसमेत गरेकी थिइन्।
यता, जोशी पनि होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य मापदण्डसहित बसेको उनले जनाएका हुन्।

