पूर्वराजा ज्ञानेन्द्रले जिते कोरोना, रिपोर्ट ‘नेगेटिभ’आएसँगै अक्सिजन सपोर्टबिना उपचार


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनलाई अक्सिजनको सपोर्ट पनि दिन छाडीएको छ ।

त्यस्तै नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । शाहको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उनको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराईरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ ।

प्रतिक्रिया