अस्पतालको शैयाबाट मदनकृष्णले सम्झिए प्रेमध्वज, ‘चाँडै कोरोनामुक्त भएर भेट्न आउने सोचाईमा थिएँ, तिमी त गइसकेछौ दाई !’
काठमाडौं – बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मेडिसिटी अस्पतालको शैयाबाट बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनबाट आफू मर्माहत भएको बताएका छन् । आफू कोरोनाबाट उपचार गराइरहेको बताउँदै श्रेष्ठले कोरोनालाई जितेपछि प्रधानलाई भेट्न जाने आफ्नो चाहना पूरा नभएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कोरोनाको कारण ८ दिनसम्म मेडिसिटी अस्पताल बसेर घर फर्किसकेका श्रेष्ठ पुनः अक्सिजन कमी भएपछि मेडिसिटीमा भर्ना भएर उपचार गरिरहेका छन् ।
गायक प्रधानको निधनपछि भावविह्वल हुँदै श्रेष्ठले लेखेका छन्, ‘म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएकोछु। कोरोनालाई जित्छु भन्ने आत्मबिश्वास छ । चाँडै निकोहुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाईमा थिएँ तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ।।।… मैले मेरा आँसुका धारा थाम्न सकिंन दाई ।’
यस्तो छ मदनकृष्णले लेखेको फेसबुक स्टाटसः