पर्यटकलाई उपत्यका प्रवेशमा सहज, ७७ वटै जिल्ला प्रशासनलाई गृहले पठायो यस्तो निर्देशन


काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागी निषेधाज्ञा जारी भएका कारण विभिन्न जिल्लामा रोकिएका विदेशी पर्यटक काठमाडौं उपत्यका प्रवेश गर्न पाउने भएका छन् ।

पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटेल क्वारेन्टाइनमा बस्ने गरी काठमाडौं उपत्यका आउन दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले यस्तो निर्णय गरेसँगै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जिल्लामा रोकिएका विदेशी पर्यटक काठमाडौं उपत्यका प्रवेश गर्न पाउने अनुमति दिन निर्देशन दिदैँ परिपत्र पनि गरेको छ ।

मन्त्रालयले बुधवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै विभिन्न जिल्लामा रहेका विदेशी पर्यटक गन्तव्य तथा काठमाडौंसम्म आउन कठिनाई भएको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले बताए ।

उनका अनुसार स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न भनिएको हो । वैशाख १६ वाट काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा २९ गतेसम्म रहनेछ । कोरोना संक्रमणदर नरोकिए निषेधाज्ञा थप हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया