६ लाख बढि रकमसहित १८ जुवाडे पक्राउ


पोखरा – पोखरा महानगरपालिका-१२ चापापानीबाट ठुलो रकमसहित १८ जुवाडे पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-१२ चापापानीमा रहेको थकाली समाज घरमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख २४ हजार रकमसहित जुवा खेल्ने र खेलाउने १८ जनालाई पक्राउ गरेको हो ।

जुवाको खालबाट ८ बुक तास, ६४ थान कौडा, तीन लाख र १ लाख पचास हजारका छुट्टाछुट्टै चेक, पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र ४ हजार ७ सय भारतीय रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया