

धरानको होटलमा महिलासँग निर्वस्त्रै भेटिए गाउँपालिका प्रमुख

काठमाडौं – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव धरानको एक होटलबाट महिलासहित पक्राउ परेका छन्।
सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी धरान-१३ स्थित डुकु होटलमा एक महिलासँग निर्वस्त्र रूपमा पक्राउ परेका हुन्।
उनले इनरुवाकै एक महिलालाई जागिर लगाइदिने प्रलोभनमा पारी होटलमा लगेर जबरजस्ती करणी प्रयास गरेको बताइएको छ ।
अध्यक्ष दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।
अध्यक्ष यादवलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
यादव तत्कालिन संघिय समाजवादी नेपालबाट निर्वाचित अध्यक्ष हुन्।

