भारतमा एकैदिन २ लाख ३३ हजार बढी संक्रमित, १ हजार ३ सयको मृत्यु


नयाँदिल्ली – भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ९४३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २६ लाख ६६ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ७९ हजार १२१ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७५ हजार ६७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १३३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया