
सुनसरीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ
सुनसरी- सुनसरीमा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–२ का १७ वर्षीय एक किशोर पनि रहेका छन् ।
सोमबार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
