आज यी जिल्लामा तीब्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौं – देशका केही स्थानमा आज (जेठ १२) तीव्र हावाहुरीको पूर्वानुमान छ । दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाँच प्रदेशका केही जिल्लामा हावाहुरीको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान छ । मधेस प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वाग्मती प्रदेशका मकवानपुर र चितवनसहित आसपासका जिल्लामा हावाहुरीको सम्भावना छ । गण्डकी प्रदेशका नवलपुर र तनहुँसहित आसपासका जिल्लामा हावाहुरीको पूर्वानुमान छ ।

लुम्बिनी प्रदेशका रुपन्देहीसहित आसपासका जिल्लामा पनि तीव्र गतिको हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया