उदयपुरमा चक्कु प्रहारबाट हत्या, ७३ वर्षीय वृद्ध पक्राउ


उदयपुर- उदयपुरमा आपसी विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ भने घटनामा संलग्न आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७, सीतापाइला टोलका ७३ वर्षीय रामप्रसाद राई रहेका छन्। उनीमाथि सोही ठाउँका ६४ वर्षीय माहाशेर राईको हत्या गरेको आरोप लागेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार (वैशाख ६) राति उनलाई पक्राउ गरिएको हो। आपसी वादविवादका क्रममा रामप्रसादले चक्कु प्रहार गर्दा माहाशेर गम्भीर घाइते भएका थिए।

घाइते माहाशेरलाई तत्काल नगर अस्पताल बेल्टार लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया