पाल्पामा १४ वर्षीया बालिकाको बलात्कार गरेकाे आरोपमा युवक पक्राउ


पाल्पा- पाल्पामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–६, चहलाका २२ वर्षीय कमल सोमरे छन् ।

१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (वैशाख ६) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

कमलले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया