
गायीका कोमल वलीलाई पितृशोक, उनका बुवाको छतबाट खसेर निधन
काठमाडौं । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ ।
शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय ललितको निधन भएको हो ।
गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’ भएको जानकारी दिएकी छन् । वलीका अनुसार उनको पार्थिव शरीरलाई अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि तुलसीपुर (बाहिनी गेट नजिकै) रहेको निजी निवास ‘दिपा–ललित निवास’ मा राखिएको छ।
स्वर्गीय ललितबहादुर वली केवल एक अभिभावक मात्र नभई दाङको साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए ।
वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनका ‘दर्पण’ .(राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन् ।



कागजपत्र |
