
महिलामाथि बोक्सीको आरोप लगाएर दुर्व्यवहार, दुई महिला पक्राउ
कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलामाथि बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको घटनामा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वाणगंगा नगरपालिका–३ मा बसोबास गर्ने ६८ वर्षीया महिलामाथि सोही स्थानकी दुई महिलाले आगोको अगुल्टो प्रहार गरी दुर्व्यवहार गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनासम्बन्धी मुद्दा दर्ता भइसकेको जानकारी दिँदै, कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान सुरु गरिएको बताएको छ।



कागजपत्र |
