
नायिका नीति शाहले गरिन् याञ्चित राणासँग विवाह
काठमाडौं- नायिका नीति शाह वैवाहिक बन्धनमा बाँधिएकी छन्। उनले शुक्रबार आफ्ना प्रेमी याञ्चित राणासँग काठमाडौंको एक होटलमा विवाह गरेकी हुन्। उनीहरूले यसअघि नै कानुनी रूपमा ‘कोर्ट म्यारिज’ सम्पन्न गरिसकेका थिए।
नीति केही समयदेखि राणासँग प्रेम सम्बन्धमा थिइन्। उनको विवाह समारोहमा परिवारका सदस्य, आफन्त तथा चलचित्र क्षेत्रका केही सीमित व्यक्तिहरूको मात्र उपस्थिति रहेको थियो।
सन् २०१७ मा ‘मिस इन्टरनेसनल नेपाल’ को उपाधि जितेपछि नीति शाहले चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनको पहिलो चलचित्र खजुरे ब्रो हो। पछिल्ला वर्षहरूमा भने उनी लगातार विभिन्न चलचित्रमा सक्रिय देखिँदै आएकी छन्।



कागजपत्र |
