मुस्ताङमा के गर्दैछिन् प्रधानमन्त्री कार्की ?


काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङ पुगेकी छन्। मुस्ताङ भ्रमणका क्रममा उनले हिमाली बस्तीको स्थलगत अवलोकन गर्दै स्थानीय अवस्था बुझिन्।

मौसमका कारण हिमाली क्षेत्रमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री कार्कीको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले यसअघि पनि २१ फागुनमै देशभर एकैपटक निर्वाचन हुने बताउँदै आएकी छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले मुस्ताङका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै उनीहरूको गुनासो र सुझाव सुनेकी छन्। साथै, उनले जिल्लास्थित सरकारी अधिकारीहरूसँग भेट गरी निर्वाचनका लागि भइरहेको तयारीबारे जानकारी लिएकी छन्।

प्रधानमन्त्री कार्कीले धार्मिकस्थल मुक्तिनाथ मन्दिर को दर्शन समेत गरेकी छन्।

प्रतिक्रिया