सशस्त्र प्रहरी हेडक्वार्टरबाट विभिन्न जिल्लामा फौज परिचालन


काठमाडौं –  सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षामा खटिन जिल्लाहरूमा १,६०० भन्दा बढी सुरक्षा जनशक्ति परिचालन गरिएको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट विभिन्न जिल्लाहरूमा फौज पठाइएको जानकारी सहप्रवक्ता शैलेन्द्र थापाले दिएका छन्।

यसैबीच, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगरले ‘भर्चुअल’ माध्यममार्फत सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै निर्वाचन क्षेत्रमा परिचालन हुने जनशक्तिलाई निर्देशित गरेको बताएका छन्।

प्रतिक्रिया