अछाममा विपद् बैठकमा प्रमुख र मेयरबीच चर्को विवाद, झण्डै हात हालाहाल


अछाम-  जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा बुधबार आपत् व्यवस्थापन सम्बन्धी छलफल चलिरहेका बेला  जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवर र मंगलसैन नगरपालिकाका मेयर पदम बहादुरबीच चर्को विवाद भएको छ।

विपद् न्यूनीकरण तथा पूर्व–सतर्कताका विषयमा आयोजित बैठकमा मंगलसैन नगरपालिकाको सेफ हाउसको व्यवस्थापन र भूमिकालाई लिएर भनाभन सुरु भयो। विवाद चुलिँदै गर्दा दुबै पक्ष झण्डै हात हालाहालको अवस्थामा पुगेका थिए।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीहरू तथा अन्य सहभागीहरूले हस्तक्षेप गरी उनीहरूलाई छुट्याउनुपरेको थियो। उपस्थित व्यक्तिहरूका अनुसार दुबै पक्षले एकअर्कालाई “भडुवा” जस्ता शब्द प्रयोग गरी आरोप–प्रत्यारोप गरेका थिए।

घटनाको समयमा अछामका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख डीएसपी, सशस्त्रका डीएसपी, नेपाली सेनाका अधिकृत, जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, साथै सम्बन्धित सरकारी निकायका अधिकारीहरू उपस्थित थिए।

 

प्रतिक्रिया