कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी


काठमाडाैं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तोकिएको समयभन्दा डेढ घण्टा ढिला सुरु भएको छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक साँढे २ बजे सुरु भएको हो।

बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशनमा बाधक बन्न सक्ने विधानका दफा निलम्बन, महाधिवेशन कार्यतालिकामा परिमार्जनसहितका अन्य महत्वपूर्ण एजेन्डा रहेका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक जारी छ।

प्रतिक्रिया