
पूर्वआईजी खापुङसहित ३ जनाको भ्रमण फुकुवा
काठमाडौं – सरकारले जेनजी आन्दोलनको घटनासम्बन्धी अनुसन्धानमा रहेका तीन जनाको उपत्यका बाहिर वा विदेश भ्रमण फुकुवा गरेको छ ।
जाँचबुझ आयोगले भदौ २४ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व गृहसविच गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्वआईजी चन्द्रकुबेर खापुङ र काठमाडौंका पूर्व सिडियो छविलाल अधिकारीको विदेश भ्रमणमा रोक्का लगाएकोमा उनीहरुको भ्रमण फुकुवा गरेको जनाएको छ ।
यता आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सात दिनभित्र बयानका लागि बोलाउने तयारी गरेको पनि जनाइएको छ ।




कागजपत्र |
