
ठमेलबाट २६३ ग्राम खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ
काठमाडौं– अवैध लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ठमेल क्षेत्रबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का ३९ वर्षीय रन्जोक उप्रेती रहेका छन्। उनलाई लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उप्रेतीको साथबाट २६३ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र लागू औषध कारोबारसँग सम्बन्धित सञ्जाल पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
