एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी


काठमाडौं – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६३ मत पाएका हुन् ।

उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् ।

मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले बताए । निर्वाचनमा २२२७ मत खसेको थियो।

 

प्रतिक्रिया