
एमाले महासचिवमा शंकर पोखरेल विजयी
काठमाडौं– नेकपा (एमाले) को महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार पोखरेलले प्रतिस्पर्धी उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै महासचिवमा निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका एक सदस्यका अनुसार पोखरेलले कुल १ हजार २२८ मत प्राप्त गरेका छन्। मतगणनाको औपचारिक अन्तिम विवरण केही समयपछि सार्वजनिक गरिने बताइएकाे छ।



कागजपत्र |
