
गाईको मासु काट्दै गरेको अवस्थामा ६ जना प्रकाउ
चितवन- खैरहनी नगरपालिका–१० बडगाउँस्थित केरावारीभित्र गाईको मासु काट्दै गरेका छ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो करिब १:५० बजे इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा गएको टोलीले उनीहरूलाई घटनास्थलमै पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएकाले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
