
एनपिएल खेल्न नेपाल आइपुगे क्रिकेटर फाफ डु प्लेसिस
काठमाडौं- रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस आज नेपाल आएका छन् ।
उनी आज अपरान्ह ४ः३० बजे कतार एयरवेजको फ्लाइट मार्फत नेपाल आइपुगेका हुन् । प्लेसिस एनपीएल खेल्न आउने हाइ प्रोफाइल खेलाडीमध्ये एक हुन् । उनी विराटनगर किंग्समा आबद्ध छन् ।
विराटनगरले आगामी खेल बुधबार लुम्बिनी लायन्ससँग खेल्नेछ । उक्त खेलमा डु प्लेसिस उपलब्ध हुनेछन् । उनको उपस्थितीलाई लिएर नेपाली दर्शक निकै उत्साहित छन् ।
दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसले आईपीएलका १५४ खेल खेलेका छन् । उनले २०१२ मा चेन्नई सुपर किंग्स (सिएसके) मार्फत आईपीएल यात्राको सुरुवात गरेका थिए ।
उनीसँग इंग्ल्याण्ड, दक्षिण अफ्रिकका, भारत, अस्ट्रेलिया, पाकिस्तान, अमेरिका, वेस्ट इन्डिजका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।



कागजपत्र |
