
६ करोडको क्रिप्टो कारोबारमा संलग्न युवक काठमाडौंबाट पक्राउ
काठमाडौं– ६ करोड भन्दा बढी रकम बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, काठमाडौं–१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरिएको हो। रौतहटको गरूडाका शाहलाई प्रहरीले बिहीबार भद्रकालीबाट नियन्त्रणमा लिएको हो।
उनीमाथि करिब ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको आरोप छ। त्यस्तै, अनलाइन ठगीसम्बन्धी आरोप पनि उनीमाथि छ।
हाल प्रहरीले शाहमाथि अभौतिक कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ।



कागजपत्र |
