बुटवल प्रहरी तालिम केन्द्रमा जवान मृत फेला


बुटवल- प्रहरी सेवामा लागेर भविष्य बनाउने सपना बोकेका २४ वर्षीय जवान श्याम चौधरी अकस्मात् तालिम केन्द्रकै परिसरमा मृत फेला परेका छन्।

प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल राजमार्ग चौराहास्थित बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा चौधरी शनिबार बिहान तन्नाको पासोमा झुन्डिएका अवस्थामा भेटिएका हुन्।

प्रहरी स्रोतका अनुसार उनले शुक्रबार राति तालिम केन्द्रमै ड्युटी पूरा गरेका थिए। तर, बिहानपख भने खेलमैदान नजिकैको रुखमा उनको निस्सासिएको शरीर देखिएपछि केन्द्रभरि सनसनी फैलियो।

मृतक चौधरी बाँकेको राप्तिसोनारी गाउँपालिका–३ का बासिन्दा हुन्। २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनी सोही तालिम केन्द्रमै आधारभूत तालिम लिएकै ठाउँमा प्रशिक्षकको रूपमा दरबन्दी कायम भएका थिए।

शनिबार अपराह्न लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ।

प्रतिक्रिया