
तुइन खोलामा खसेको पहिरोले यात्रु तीन दिनदेखि अलपत्र
चितवन – तुइन खोला नजिक खसेको विशाल पहिराले सडक अवरुद्ध पारेपछि सयौँ यात्रु र सवारीसाधन तीन दिनदेखि अलपत्र परेका छन्।
शनिबार दिनभरि एक्साभेटर दौडाएर ढुंगा–माटो पन्छाउने प्रयास भए पनि माथिबाट निरन्तर झरिरहेका ढुंगाले काम रोक्न बाध्य बनायो। सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहानदेखि फेरि ठूलो जोखिम मोल्दै पहिरो पन्छाउने कार्य सुरु गरिएको छ।
“एकतर्फी भए पनि सडक खोल्ने हाम्रो प्रयास जारी छ,” डिभिजनका इन्जिनियरहरूले बताए । तर माथिबाट लगातार ढुंगा खसिरहेकाले उद्धारकर्तासमेत त्रसित देखिएका छन्।
यसबीच, सडक बन्द हुँदा बाटोमा थुनिएका यात्रुहरूलाई स्थानीय प्रशासन, प्रहरी, रेडक्रस र अन्य संघसंस्थाले मिलेर निःशुल्क खाना र खाजा वितरण गरेका छन्। यात्रुहरू भने “सडक नै लाइफलाइन हो, तर बारम्बार पहिरोले हामीलाई सजाय दिइरहेको छ” भन्दै पीडा पोखिरहेका छन्।



कागजपत्र |
