
रास्वपा नेता पाँडेले महिलालाई यतिसम्मको अश्लील मेसेज पठाएका रहेछन्
काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडे हाल प्रहरी हिरासतमा छन्। उनीविरूद्द काठमाडौं जिल्ला अदालतमा साइबर अपराध मुद्दा दर्ता भएकाे छ।
अभियोग पत्रअनुसार पाँडेले एक महिलालाई ह्वाट्सएप र इमेलमार्फत अश्लील, अपमानजनक र मानसिक यातना दिने खालका सन्देश पठाएका थिए । महिलाले आफ्नो छोराको पढाइबारे परामर्शका लागि सम्पर्क गरेकी थिइन् तर त्यसैलाई आधार बनाएर पाँडेले अनावश्यक मेसेजहरू पठाएको अभियोग लगाइएको छ ।
सबैभन्दा विवादास्पद मेसेज भने उनको इमेलबाट पठाइएको भेटिएको छ ।
सबैभन्दा विवादास्पद इमेल सन्देशमा पाँडेले यसरी लेखेका थिएः
“You wh’ore I regret sleeping with you kissing you licking you, you whore your son should be disgusted with you. You always reaching out to me, being flirty with me, inviting me over almost always when …was out of town. Trying to seduce me during swimming while being divorced and having boyfriends. Always contacting me for help. Disgusting low class slut. Stop with your fake accent. DO NOT contact me ever again.”
अनुवादः “तिमी वेश्या, म तिमीलाई भेटेको, चुमेको र सम्बन्ध राखेकोमा पछुतो लागेको छ । तिम्रो छोराले तिमीलाई देखेर घृणा गर्नुपर्ने हो । तिमी सधैं मलाई खोज्ने, फ्लर्ट गर्ने, जब …बाहिर हुन्थ्यो मलाई बोलाउने, स्विमिङ गर्दा पनि आकर्षित गर्न खोज्ने, डिभोर्स भएर पनि प्रेमी राख्ने, बारम्बार सहयोग माग्ने । घृणित तल्लो स्तरकी वेश्या । तिम्रो नक्कली उच्चारण बन्द गर । मलाई कहिल्यै सम्पर्क नगर्नू ।”
त्यसैगरी, उनले ह्वाट्सएपमार्फत पटक–पटक मेसेज पठाएका थिए । अभियोगपत्रमा उल्लेख भएअनुसार, पाँडेले लेखेका मेसेजहरूमध्ये एकमा यस्तो थियोः “Has ur husband left u ? Is that why ?” (तिम्रो श्रीमान्ले तिमीलाई छाडेका हुन् ? त्यसैले हो ?)
महिलाले पाँडेको अश्लील सन्देशका कारण आफू मानसिक यातना, अपमान र हैरानीमा परेको भन्दै साइबर ब्युरोमा जाहेरी दर्ता गरेकी थिइन् ।
प्रहरी अनुसन्धानका क्रममा पाँडेले महिलासँग चिनजान रहेको र आफैंले मेसेज पठाएको स्वीकार गरेका छन् । तर उनले महिलाले आफूप्रति एकतर्फी आशक्ति देखाएको दाबी गरेका छन् ।
सरकारी वकिल कार्यालयले पाँडेमाथि विद्युतीय कारोबार कसुर ऐन, २०६३ को दफा ४७ (१) बमोजिम कारबाहीको माग गर्दै ५ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोक्न माग गरेको छ । साथै, बरामद मोबाइल जफत गरी पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि अभियोगपत्रमा गरिएको छ ।



कागजपत्र |
