सम्झना भट्ट मृत्यु प्रकरण : श्रीमान् कारागार पठाइए, ससुरा र दिदी धरौटीमा रिहा


कञ्चनपुर- बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा उनका श्रीमान् पवन भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

यसै प्रकरणमा पक्राउ परेका सम्झनाका ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने सासु किरण भट्टलाई साधारण तारेखमा छाडिएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ।

गत साउन १८ गते सम्झना आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। तर, माइती पक्षले घटनालाई आत्महत्या नभई हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आत्महत्या दुरुत्साहनको जाहेरीका आधारमा श्रीमान्, सासु, दिदी र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो।

प्रतिक्रिया