नेपाल प्रहरीको नयाँ आईजीपीमा चन्द्रकुवेर खापुङ


काठमाडौं- सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई बढुवा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी संगठनको सर्वोच्च पदमा बढुवा गर्ने निर्णय गरेको हो।

हालका प्रहरी महानिरीक्षक दिपक थापा भदौ १८ गते राति १२ बजेदेखि अवकाश प्राप्त गर्दैछन्। थापाको अवकाशसँगै खापुङले आईजीपीको जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्रतिक्रिया