
कैलाली कारागारमा रहेका एक थुनुवाकाे मृत्यु
कैलाली– कैलाली कारागारमा जबरजस्तीकरणी मुद्दामा पुर्पक्षमा रहेका टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको मृत्यु भएको छ।
कारागार प्रशासनका अनुसार चौधरी सोमबार दिउँसो रिंगटा लागेका थिए। जेलर प्रकाश ढुंगानाले बताएअनुसार, उनलाई उपचारका लागि साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएको थियो।
अस्पताल पुगेको केही समयमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। जेलर ढुंगानाका अनुसार, चौधरीलाई उच्च रक्तचापको समस्या थियो र चिकित्सकले पनि यही कारणले उनको मृत्यु भएको बताएका छन्।
तर मृत्युको सही कारण भने शव परीक्षणपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ।



कागजपत्र |
