
दोहोरो अंकले बढ्यो नेप्से
काठमाडाैं – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ को विन्दुमा कायम भएको हो । यस दिन बजारमा १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयरको खरिद बिक्री हुँदा ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन आइतबार मात्रै १८.०२ अंकले सेयरबजामा गिरावट आएको थियो ।
सोमबार नारायणी डेभलपमेन्ट बैंक, विकास हाइड्रोपावर कम्पनी, साना किसान लघुवित्त वित्तीय संस्था र नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । कारोबारका आधारमा भने नेपाल रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।
सोमबार बजार पुँजीकरण ४६ खर्ब १४ अर्बमा पुगेको छ ।



कागजपत्र |
