मलेसियामा नेपाली युवकको मृत्यु


सप्तरी- सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको मलेसियामा मृत्यु भएको छ ।  वडा २ स्थित हरिरावाका ३२ वर्षीय दिपककुमार रामको मलेसियामा मृत्यु भएको हो ।

त्यहाँस्थित प्लास्टिक फ्याक्ट्रीमा कार्यरत रहँदैआएका उनको शुक्रबार मृत्यु भएको रुपनी २ का वडाअध्यक्ष सरोजकुमार यादवले जानकारी दिए ।

उनी विगत एक दशकभन्दा बढी समयदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत रहेको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए। उनले मृत्युको कारणबारे विस्तृत जानकारी अहिले प्राप्त नभएको बताए ।

मृतकका आफन्तले शव छिटोभन्दा छिटो सम्बन्धित निकायमार्फत नेपाल ल्याइदिन र घटनाबारे स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया