
रौतहटमा सुटकेशभित्र शव फेला प्रकरण: एकजना पक्राउ
रौतहट- रौतहटको माधव नारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका उच्च स्रोतका अनुसार नियन्त्रणमा लिइएका संदिग्ध व्यक्तिमाथि अनुसन्धानका क्रममा हत्या संग सम्बन्धित महत्वपूर्ण प्रमाण फेला परेको छ। अहिले थप अनुसन्धान र भेरिफिकेशन भइरहेको प्रहरीले बताएकाे छ ।
गत शनिबार गौर बजार जाने भन्दै डेराबाट निस्किएकी रुबी साह सुटकेशमा मृत अवस्थामा फेला परेकी थिइन्। साँझ करिब ६ बजेतिर आमालाई फोन गरेर ‘केही सामान ल्याउनुपर्छ’ भनेर जानकारी दिएकी उनी त्यसपछि बेपत्ता भएकी थिइन्। तर त्यो रात घर फर्किन नसकेपछि परिवारले चिन्ता मानेका थिए। राति करिब १० बजे स्थानीयले सडकमा संकास्पद सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए।
गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा फेला परेको सो सुटकेशमा आइतबार बिहान खानतलासी गर्दा रुबी साहको शव भेटिएको थियो।



कागजपत्र |
