
टिकटक स्टार आयुष र एलिजेले गरे कानुनी विवाह
काठमाडौं- सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएका आयुष सिंह र एलिजे जमालीले काठमाडौं जिल्ला अदालतमा कानूनी रूपमा विवाह गरेका छन्।
दुवईकी एलिजे र नेपालका आयुषबीचको प्रेम सम्बन्ध पछिल्लो केही समयदेखि निकै चर्चामा रहेको थियो। अघिल्लो वर्ष दुबईमा इन्गेजमेन्ट गरेका यी दुई एकसाथ बस्दै आएका थिए।
अदालतमा बेहुला–बेहुलीको भेषमा उपस्थित भएका दम्पतीले दुबोको माला साटासाट गरेका छन्। त्यसक्रममा एलिजेले आयुषको खुट्टा ढोगेकी छन् भने आयुषले एलिजेलाई परम्परागत पोते पनि लगाइदिएका छन्।
विवाहपश्चात् दुवैलाई सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो लागेको छ।



कागजपत्र |
